अफगानिस्तानमा तालिबानले दोस्रोपटक सत्ता कब्जा गरेको तीन वर्ष पूरा भएको छ । दोस्रोपटक सत्तामा पुगेको तीन वर्ष पुगेको अवसरमा तालिबानले आयोजना गरेको विशाल सैन्य परेडले भने एसियाली क्षेत्रलाई फेरि एकपटक झस्काएको छ । तालिबानसँग भएका ठूलो मात्राका अमेरिकी हतियारहरू आफूहरूविरुद्ध प्रयोग हुन सक्ने छिमेकी देशहरूको बुझाइ छ । पछिल्ला दिनमा अफगानिस्तान...