अमेरिकालाई चुनौती दिन रुसले ल्यायो सुखोई चेकमेट फाइटर जेट

अमेरिकालाई चुनौती दिने उद्देश्यका साथ रुसले सुखोई चेकमेट नामक घातक फाइटर जेट सार्वजनिक गरेको छ ।  पाँचौं पुस्ताको यस विमानले आकाशमा अमेरिकाको अत्याधुनिक एफ–३५ विमानलाई टक्कर दिनेछ । रुसका अनुसार, यो फाइटर जेट शत्रुको अत्याधुनिक राडारलाई झुक्याउन सक्षम छ र सुपरसोनिक गतिमा उड्न सक्छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एमएकेएस–२०२१ एयर शोमा यस विमानको अवलोकन गरेका छन् । विमानलाई रुसको चर्चित कम्पनी सुखोईले बनाएको हो ।  यसलाई लाइट ट्याक्टिकल विमान भनिएको छ । रुसले यसको निर्माण नि...