काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले एउटै मात्र टी–२० लिग आयोजना गर्ने घोषणा गरेसँगै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) का टिम मालिकहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
एउटै फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाइज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन् । उनीहरूले फ्रेन्चाइज क्रिकेटमा ठूलो लगानी गरिसकेको बताउँदै प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानको निर्णयसँगै मिति घोषणा भइस...