उत्पादनशिल क्षेत्रमा लगानी बढाउन निर्देशन

नेपाल राष्ट्र बैंक प्रदेश–५, सिद्धार्थनगर कार्यालयका निर्देशक राजेन्द्र भट्टराईले उत्पादनशिल क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई निर्देशन दिएका छन् । देशको कुल ग्राहास्त उत्पादन कमजोर रहेको औल्याउँदै उनले कृषि कर्जा जस्ता उत्पादनशिल क्षेत्रमा राष्ट्र बैंकको नीति अबलम्वन गर्दै लगानी बढाउन निर्देशन दिएका हुन् ।

सम्बन्धित सामग्री

कुरिलो खेतीमा जुट्दै सिन्धुलीका किसान

एक पटक लगाइसकेपछि झन्डै पन्ध्र बर्ष सम्म उत्पादनशिल रहने र लगाइरहन नपर्ने भएकाले खेती सहज हुने र आम्दानी राम्रो हुने भएकाले कुरिलो खेती रोजाईमा पर्न थालेको हो।...

नागरिक लगानी कोष ३३ औं वर्षमा, उत्पादनशिल क्षेत्रमा लगानी विस्तार गर्न माग

काठमाडौं । नागरिक लगानी कोष स्थापनाको ३३औं वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म २ खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ ।             कोषका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी भएको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ छ । हालसम्म मुद्दती निक्षेपमा १ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ, धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख रुपैयाँ र समकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० लाख रुपैयाँ लगानी गरेको कोषले बताएको छ । पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी समान ८ अर्ब रुपैयाँ रहेको कोषको चुक्ता पूँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । नागरिक लगानी कोषमा सरकारको २३ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१ दशमलव ५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको बताएको छ ।    उक्त अवसरमा अर्थमन्त्रालका राजस्व सचिव डा राम प्रसाद घिमिरले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताए । उनले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको पनि बताए । यसैगरी कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्य बहादुर थापाले कोषले आफुलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ कार्य गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउने एवं रोजगारी सृजना गर्न कृषि, पर्यटन,उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको गोष्ठी

कार्यक्रमको उद्घाटनमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपालको कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सघाउन पुग्ने बताए। उत्पादनशिल कृषि क्षेत्रको विकासबाट नै देशले समृद्धि हुने दाबी गरे।...

सहकारीले उत्पादन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी गरेर मुलकलाई आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । उनले सहकारीले शेयर सदस्यको भावनात्मक सम्बन्ध जोड्दै सामाजिक अभिभावकको भूमिका खेल्नु पर्नेमा समेत जोड दिए । आज बुटवलमा धौलागिर बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभामा बोल्दै मुख्यमन्त्री केसीले ५ दलीय गठबन्धनको सरकारले समृद्ध र आत्मनिर्भर प्रदेश बनाउदै संघात्मक मोडेलको  नतिजा दिन चाहेको बताए । सहकारी सम्बन्धि केही ऐनहरु  ब्यवहारिक

महिला उद्यमीसँग चेम्बरको अन्तरक्रिया

कृषिमा लागेका महिला उद्यमीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ गरेको छ ।भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा कृषि पेशामा लागेका महिला उद्यमीहरुले आफ्ना समस्या चेम्बर समक्ष राखेका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए ।अध्यक्ष मल्लले […]

कोभिड प्रभावित सहुलियत निरन्तर, उद्यमशिलतामा जोड

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/०७९ का लागि कोरोना पीडित उद्यमी तथा बैक तथा वित्तीय संस्थाहरुलाई सहजीकरुण गर्दै मौद्रिक सार्वजनिक गरेको छ । कोभिड महामारीकै बिचमा भर्चुअल माध्यमबाट सार्वजनिक मौद्रिक नीति मूलतः कोभिडको प्रभावबाट वित्तीय स्थायित्वलाई जोगाउनका साथै प्रभावित उद्योगी व्यवसायीलाई राहत प्रदान गर्न र उत्पादनशिल तल्लो वर्गमा कर्जा प्रभाव बढाउन केन्द्रीत रहेको […]

मौद्रिक नीतिले उत्पादनशिल अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउँछ : गभर्नर

साउन २९, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८/  ७९ को लागि  शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका  छन् । उनले मौद्रिक नीतिले चालू आवमा उत्पादनशिल अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बताए । साथै उनले बैंकहरुले कम्तिमा एक एटीएम र एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्ने नीति लिएको बताएका छन्  । उनले विप्रेषण कम्पनीहरुलार्इ पनि मर्जरमा प्रोत्साहन गर्ने नीति केन्द्रीय बैंकले लिएको बताएका छन् ।

सहकारीलाई नियमन गर्ने छुट्टै संयन्त्र चाहिन्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सहकारीलाई नियमन गर्ने छुट्टै संयन्त्र आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय सहकारी महासंघको टोलीसँग भएको भेटघाटमा उनले सहकारीमा विकृति बढिरहेको र यसलाई नियमन गर्नका लागि छुट्टै संयन्त्र बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।सहकारीसँग ठूलो नेटवर्क भएपनि यसमा जम्मा भएको पुँजी उत्पादनशिल क्षेत्रमा लगानी नभएको भन्दै अर्थमन्त्री शर्माले यसका लागि सहकारी अभियानबाट प्रतिवद्धता […]

सहकारीको पुँजीलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने

सरकारले सहकारी क्षेत्रमा जम्मा भएको पुँजीलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहकारी क्षेत्रमा जम्मा भएको पुँजीलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने घोषणा गरे ।सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भको रुपमा विकास गरिनेछ । वित्तीय पहुँच विस्तार, सामाजिक एवम् आर्थिक सशक्तीकरण र उत्पादनशील क्षेत्रमा सहकारी संघ […]