नागरिक लगानी कोष ३३ औं वर्षमा, उत्पादनशिल क्षेत्रमा लगानी विस्तार गर्न माग

काठमाडौं । नागरिक लगानी कोष स्थापनाको ३३औं वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म २ खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ ।             कोषका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी भएको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ छ । हालसम्म मुद्दती निक्षेपमा १ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ, धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख रुपैयाँ र समकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० लाख रुपैयाँ लगानी गरेको कोषले बताएको छ । पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी समान ८ अर्ब रुपैयाँ रहेको कोषको चुक्ता पूँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । नागरिक लगानी कोषमा सरकारको २३ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१ दशमलव ५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको बताएको छ ।    उक्त अवसरमा अर्थमन्त्रालका राजस्व सचिव डा राम प्रसाद घिमिरले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताए । उनले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको पनि बताए । यसैगरी कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्य बहादुर थापाले कोषले आफुलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ कार्य गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउने एवं रोजगारी सृजना गर्न कृषि, पर्यटन,उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । 

सम्बन्धित सामग्री

“नागरिक लगानी कोष ठूला भौतिक पूर्वाधारमा लगानी गर्न तत्पर छ”

नागरिक लगानी कोष  (सिआइटी) सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । शेयर बजारको विस्तारका लागि नागरिक स्टक डिलरमार्फत आफ्ना गतिविधिलाई समेत अगाडि बढाएको छ । प्रस्तुत छ, शेयर बिक्री प्रबन्धकदेखि शेयर प्रत्याभूतिकर्ताको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिरहेको …

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्तीबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षण गरेका हुन् । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश...

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा […]

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

काठमाडौँ – पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता शेयरको ९६ करोड बराबरको प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ। उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रवन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्। उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत उत्पादन गर्नेछ। हाइड्रोपावरको […]

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता प्राथमिक शेयर निष्काशनको शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष बनेको छ । उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध संचालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । उक्त हाइड्रो पावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्

नागरिक लगानी कोष र आइएमइबीच सम्झौता

नागरिक लगानी कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलबीच सोमबार हस्ताक्षर भएको हो । वैदेशिक रोजारीमा रहेका रहेको नेपालीहरुलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न […]

नागरिक लगानी कोष र  आइएमई लिमिटेडबीच सम्झौता

नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र...

नागरिक लगानी कोष र आइएमईबीच सम्झौता

काठमाडौं, असोज १८ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमईसँग भएको समझदारीले बैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ । सो सम्बन्धी समझदारी […]

नागरिक लगानी कोष र आरोग्य डाइग्नोस्टिक सेन्टरबीच सम्झौता

काठमाडौँ – नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेसलिस्ट पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिबीच सम्झौता भएको छ। कोषका कर्मचारी र कर्मचारीका परिवार एवं कोषका कार्यक्रममा सहभागी र सहभागीका परिवारको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको हो। सम्झौतामा बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोस्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा राजेशदेवबीच हस्ताक्षर भएको […]

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र पर्वतको फलेवास नगरपालिकाबीच सम्झौता भएको छ । असंगठित क्षेत्रका विपन्न मजदूरको ५ सय रुपैया  योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैया थप गरी मासिक १ हजार रुपैयाको दरले प्रति महिना रकम जम्मा गर्ने गरी कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन् । उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका विपन्न मजदुरहरुले ६० वर्ष पुगे पश्चात मासिक रुपमा पेन्सन प्रा