साउन २९, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८/ ७९ को लागि शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका छन् ।
उनले मौद्रिक नीतिले चालू आवमा उत्पादनशिल अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बताए ।
साथै उनले बैंकहरुले कम्तिमा एक एटीएम र एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्ने नीति लिएको बताएका छन् । उनले विप्रेषण कम्पनीहरुलार्इ पनि मर्जरमा प्रोत्साहन गर्ने नीति केन्द्रीय बैंकले लिएको बताएका छन् ।