मकवानपुर । विगत एक सातादेखि अवरुद्ध भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी र देउराली सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको पहिरोले विगत एक सातादेखि अवरुद्ध बनेको सो सडक आज बिहानबाट सुचारु भएको हो । पहिरो पन्छाएर बिहानैदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]