पाकिस्तानमा बाढी पहिरोका कारण थप १० जनाको मृत्यु

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन् ।  अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन् । फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । थप मृत्यु भएका १० जना