कास्की - कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को हाइजुङमा पहिरोका कारण ५०, ६० वटा घर जोखिममा परेकाे गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । लगातार परेको वर्षाका कारण पहिरो गएको उहाँले बताउनुभयो ।
पहिरोका कारण ज्ञानोदय आधारभूत विद्यालय पनि जोखिममा परेको छ । भिरालो जमिन भएका कारण पहिरो जाने क्रम नरोकिएको उहाँले बताउनुभयो । यस्तै, मोदी खोलामा आएको बाढीले यही गाउँपालिकाको वडा नम्बर ७ मा नदी आसपासका क्षेत्रमा रहेको बस्ती पनि जो...