नयाँ हाकिमबाट पनि जोखिम भत्ता आएन, वीरमा चर्कियो आन्दोलन

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का स्वास्थ्यकर्मी जोखिम भत्ता माग गर्दै आन्दोलित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको लागि आवश्यक रकम निकासा गरे पनि समयमै वितरण नभएपछि गएको आर्थिक वर्षमा सो रकम त्यत्तिकै फ्रिज भएको थियो ।कोरोनाको पहिलो लहरदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइकर्मी लगायतका कर्मचारीले जोखिम भत्ता र ओभरटाइम काम गरेबापतको अतिरिक्त रकम तथा सधैँ खाइपाइ आएको औषधि उपचार खर्च समेत नपाएको आन्दोलनरत पक्षको भनाइ छ । महामारीमा दिनरात ख

सम्बन्धित सामग्री

कोरोना जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीको आन्दोलन जारी

कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । असार १७ गतेदेखि उनीहरुले दैनिक दुई घण्टा ओपीडी सेवा बन्द धर्ना दिँदै आएका छन् ।आफूहरुको मागबारे अझै सुनुवाइ नभएको संघर्ष समितिका संयोजक गोपाल उपाध्यायले रातोपाटीलाई बताए । कर्मचारीहरूले बिहान ९ बजेदेखि ११ बजेसम्म दैनिक रूपमा ओपीडी सेवा बन्द गरेर धर्ना दिँदै आएको उनको भनाइ छ ।भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन ब

कोरोना  जोखिम भत्ता नपाएपछि भीम अस्पतालमा कर्मचारीद्वारा ओपीडी सेवा बन्द

कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले  आज बिहान देखि  ओपीडी सेवा बन्द गराएका  छन् । सरकारले घोषणा  गरेको  कोरोना जोखिम भत्ता असार मसान्तसम्म  पनि  नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने परेको  सङ्घर्ष समितिका संयोजक गोपाल उध्याध्यले  बताए । उनले रातोपाटीसँग भने -'अहिले शान्तिपूर्ण आन्दोलनमा छौ  सरकारले माग सम्बोधन गर्न ढिलाइ गरे थप आन्दोलनमा जान्छौ  ।'उपाध्याय

कोरोना जोखिम भत्ता माग गर्दै अस्पताल बन्द गर्नेसम्मका आन्दाेलन घोषणा

रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । संघर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले सरकारले घोषणा गरेअनुसार स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिम भत्ता पाउन नसकेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । संघर्ष समितिले […]

भीम अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी

सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने भनेको कोरोना जोखिम भत्ता अहिलेसम्म उपलब्ध नपाएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।उनीहरूले कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले असार १५ गतेसम्म यस विषयमा सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने संघर्ष समितिका संयोजक तथा स्वास्थ्यकर्मी […]

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भैरहवा – कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने । ‘हामीले धेरै […]

एक्लै आन्दोलनमा उत्रिएको २८औं दिनमा डाक्टर मल्लिकले पाए कोभिड भत्ता

जाेखिम मोलेर कोरोना संक्रमित बिरामीको सेवामा खटिए बापतको भत्ता माग्दै आन्दोलनमा उत्रिएका डाक्टर अजित मल्लिकले 'न्याय' पाएका छन्। काठमाडौंको माइतीघर मण्डल छेउमा एक्लै आन्दोलन गर्दै आएका डाक्टर मल्लिकले कोभिड–१९ जोखिम भत्ता पाएका छन्।

जोखिम भत्ता माग्दै स्वास्थ्यकर्मी आन्दोलित

कोरोनाको जोखिम भत्ता नपाएको भन्दै पोखरा महानगरपालिका–१६ स्थित बाटुलेचौरस्थित मातृशिशु अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । मंगलबारदेखि आन्दोलन थालेका उनीहरूले बुधबार पनि जारी राखेका छन् ।