काठमाण्डाै - द्वन्द्वग्रस्त अफगानिस्तानमा कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।
मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
त्यसैगरी कोरोना भाइरसलगायतका सङ्क्रामक रोग तथा विभिन्न प्रकोपका कारण पनि...