संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो । ओसीएचएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता र उच्च हस्तक्षेपबिना यो सङ्ख्या बढ्नेछ र दक्षिण एसियाली देशमा यसको परिणाम अझ गहिरो हुनेछ ।” “आर्थिक सङ्कटका का