काठमाण्डाै - अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउन थालेकाे छ । मुख्यगरी अफगानिस्तानमा खाद्यान्न, लत्ताकपडा र औषधि पठाउन थालिएको हो ।
इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले बताउनुभएको छ ।
इरान सरकारले अफगानिस्तानका नागरिकका लागि जाडो मौसममा आवश्यक न्यानो कपडा पठाएको छ । चीनले पनि अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ । एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीलाई...