लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो । मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ । त्यसैगरी कोरोना भाइरसलगायतका रोग तथा विभिन्न प्रक