काठमाडौं। चीनको तिब्बत सरकारले दिएको १५० सिलिन्डर (३० मेट्रिक टन) लिक्विड अक्सिजन तातोपानी आइपुगेको छ। तिब्ब्तस्थित महावाणिज्य दूतावासको पहलमा तिब्बत सरकारले दिएको अक्सिजन आज तातोपानी आएको हो। उक्त अक्सिजनलाई आजै काठमाडौं पठाउने भन्सार प्रमुख नारद गौतमले देखापढीलाई बताए।