सोलुखुम्बु - सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो ।
अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने निमित्त कार्यालय प्रमुख सानी शेर्पाको भनाइ छ ।
स्वचालित रूपमा बिरामीको बेडमा नै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ । जिल्लामै अक्सिजन उत्पादन स...