बनियानी । कोभिड–१९ को महामारीका बेला सङ्क्रमितको उपचारका लागि महत्त्वपूर्ण मानिने अक्सिजन झापामा पर्याप्त मात्रा रहेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा अक्सिजन प्लान्टसँगै अक्सिजन कन्सन्ट्रेटर उपकरण पर्याप्त रहेकाले अक्सिजन पनि पर्याप्त हुन पुगेको हो । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति जीवन चम्लागाईंले जिल्लाका अस्पतालमा अक्सिजन बनाउने उपकरण ‘अक्सिजन कन्सन्ट्रेटर’ पर्याप्त रहेको जानकारी दिए । […]