बर्दियामा अक्सिजन बैंकको स्थापना

बर्दिया : अक्सिजनको अभाव पूर्तिकालागि अक्सिजन बैंकको स्थापना गरिएको छ। ‘मेरो लागि अक्सिजन मेरो योगदान’ भन्ने नाराका साथ बर्दियामा अक्सिजन बैंकको स्थापना गरिएको हो।जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय तथा उद्योगी, व्यवसायी र समाजसेविको सक्रियतामा अक्सिजन बैंक स्थापना गरिएको जनाइएको छ। अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन बैंक स्थापना गरेको अक्सिजन बैंक सञ्चालक समितिका संयोजक भेषराज पौडेलले बताए।अहिले बैंकमा अक्सिजन सिलिण्डर सहयोग जुट्न थालेको निर्माण व्यव

सम्बन्धित सामग्री

बर्दियामा अक्सिजन बैंक अभियान, अभाव हट्न थाल्यो

बर्दिया – ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने नारासहित बर्दिया अक्सिजन बैंकको अभियान सुरु गरिएपछि बर्दियामा अहिले अक्सिजन अभाव भएको छैन । दोस्रो चरणको कोरोना महामारी फैलिन थालेपछि र निषेधाज्ञा लागू भएको एक हप्तासम्म बर्दियाका आठ वटै पालिकाबाट प्रमुख जिल्ला अधिकारीको अनुमतिमा पालो कुरेर बाँकेको नेपालगञ्जबाट अक्सिजन सिलिण्डर ल्याउनुपर्थ्यो । अहिले भने बर्दिया अक्सिजन बैंक स्थापना भएपछि त्यो समस्या हटेको छ ।  बर्दियामा अक्सिजन बैंकको स्थापना गरेको झन्डै एक महिनामा बर्दियाका समाजसेवी युवाले एक सय...

बर्दियामा अक्सिजन जुटाउन युवाहरु सक्रिय

अक्सिजन बैंकको स्थापना गरेको करिब एक महिनामा यहाँका युवाहरुले १ सय ७ थान सिलिन्डर जोहो गरेका छन् । गुलरियाका युवा व्यवसायी, सामाजिक कार्यकर्ताले बैंक स्थापना गरेपछि बिरामीलाई नि:शुल्क सिलिन्डर उपलब्ध हुन थालेको छ ।

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

काठमाडौं।सरकाले बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड रुपैयाँ दिएको छ।उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अंगद श्रेष्ठले बताए।मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने उनले जनाए। बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएकाले थप गर्न पहल गरिरहेको उनले जनाए।दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरीका १२ अस्पताललाई १६ करोड ८० लाख विनियोजन गरेको छ।

अक्सिजनको आपुर्ति गराउन नागरिक संस्था जुर्मुराए

विष्णु तिमिल्सिना, बर्दिया । कोभिड १९ को संक्रमण बढदै गइरहेको र पछिल्लो समयमा विरामीहरुको सख्या बृद्धि भई अक्सिजनको अभावले व्यक्तिहरुको मृत्यु समेत भएको हुँदा अक्सिजनको अभावले बर्दियामा कसैको पनि मृत्यु नहोस भनि अक्सिजनको आपुर्ति सहज व्यवस्थापनमा सहयोग पुरयाउने उदेश्यले नागरिक सस्थाहरुको सहभागीतामा अक्सिजन बैकको स्थापना गुलरियामा गरिएको छ । “मेरो लागी अक्सिजनमा मेरो योगदान” भन्ने […]