सल्यान : सल्यानको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवाले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन्।वर्षेनी अदुवाको मूल्य ओरालो लागेपछि किसान झनै मारमा परेका छन्। गत वर्ष ५० रुपैयाँ किलोसम्म बिक्री गरेका किसानहरु यस वर्ष भने ३० रुपैयाँ किलो कारोबार भएपछि मारमा परेका हुन्। अदुवाको मूल्य लगातार घट्दै जाँदा व्यावसायिक अदुवा खेती गर्ने किसानहरुको संख्या घट्दै गएको शारदा नगरपालिका– ७ रामेखोलाका किसान कृष्ण बुढाथोकीले बताए।बजार मूल्य नै पाउन छाडेपछि विगतका वर्षहरुमा १० रोपनीसम्म अ