सर्लाही : अचार र तरकारीको रुपमा खाइने कन्दमुल ओलले उचित मूल्य नपाएपछि सर्लाहीका किसान चिन्तित भएका छन्। गत वर्ष प्रतिकिलो ५० देखि ५५ रुपैयाँसम्म बिक्री भएको ओलले यस वर्ष भने प्रतिकिलो ३० रुपैयाँमा बिक्री नभएपछि किसानहरु चिन्तत भएका हुन््। विशेष गरी सर्लाहीको बरहथवा, शंकरपुर, हजरिया, राजघाटलगायत क्षेत्रका व्यावसायिक रुपमा ओल खेती गरिन्छ। फागुन÷चैतमा रोपिने ओल भदौदेखि बिक्रीका लागि तयारी हुन्छ। केही किसानले थोरै मूल्यमा नै ओल बिक्री गरिरहेका छन् भने केहीले बढी मूल्य पाउने आशामा भण्डारण