अलैँचीको मूल्य लगातार घट्न थालेपछि किसान चिन्तित

मङ्गलबारे- इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदे बालीका रूपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका […]

सम्बन्धित सामग्री

अलैँची कृषक चिन्तित

भोजपुर । अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् ।

लगातार अलैँचीको मूल्य घटेपछि किसान चिन्तित

इलाम । इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका […]

अलैँची मासिन थालेपछि इलामका किसान चिन्तित

भदौ १, इलाम । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले इलामका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।  मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो छ ।  डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो’, उनी भन्छन् । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् ।  दुई वर्ष अगाडि प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना कार्यक्रममार्फत इलामको देउमाई नगरमा अलैँची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नाका साथै समयमा वर्षा नहुँदा मासिँने क्रममा रहेको छ । सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत यो बाली मासिने क्रममा रहेकाले किसानले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैँचीको मूल्य भने प्रतिमन रू. ३० हजारभन्दा माथि पुगेको छ । अन्यबाली लगाउनु पर्दा आफूहरूमा निराशा छाएको मंगलबारेस्थित देउमाई कृषि सहकारी संघका देउकुमार राना बताउँछन् । गतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए  पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ । रासस

मूल्य घटेपछि अलैँची कृषक चिन्तित

अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् ।