निक्षेप संकलनको झण्डै चार गुणा कर्जा प्रवाह: बैंकहरूबाट कहाँ गयो यति ठूलो ऋण ?

नेपाल बैंकर्स संघको पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपभन्दा कर्जा विस्तार ३ खर्ब रुपैयाँले बढाएका छन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब २३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले प्रवाह गरेको यो अवधिको कर्जा भने ४ खर्ब २२ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूले अतिरिक्त स्रोत बढाउन नसके पनि राष्ट्र बैंकबाट पाएको मौद्रिक नीतिको उपकरणमार्फतको सुविधा प्रयोग गरेर ऋण बढाइरहेको दाबी गरेका छन् । बैंकहरूले राष्ट्र बैंकबाट पाएको अल्पकालीन सुविधाबाट दीर्घकालीन लगानी गरिरहेको देखिन्छ ।&...

सम्बन्धित सामग्री

'छोरा घाइते हुँदा ऋण लाग्यो, तिर्न नसकेर काम गर्न इन्डिया गयो'

'छोरा घाइते हुँदा लिएको एक-डेढ लाख रूपैयाँ कर्जा छ। कसरी तिर्ने भन्ने चिन्ता हुन्छ। खेतीपाती पनि कम छ। छिटो तिर्न सके हुन्थ्यो भन्ने लाग्छ।'

बिदेसिएर कमाउने चक्करमा दक्ष जनशक्ति

‘नेपालमै केही गरौं भनेर तरकारी खेती तथा व्यापार व्यवसाय सुरु गरें तर व्यवसाय खासै उकास्न सकिनँ,’ ओखलढुंगाका घनश्याम सुवेदी भन्छन्, ‘ऋण झन् बढ्दै गयो, व्यवहार बिग्रियो। अन्त्यमा परदेश नगई सुख पाइएला जस्तो छैन ।’...

‘विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विदेशबाट लिएको ऋण कहाँ गयो भन्दै प्रश्न गरे । उनले अब विदेशको ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताएका छन्  ।  पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ […]

कहाँ गयो पैसा ?

आज जताततै गुनासो छ, मान्छेहरूसँग पैसा छैन । बैंकमा पैसा छैन, व्यापारीसँग पैसा छैन, उपभोक्तासँग पैसा छैन । घुस दिनेसँग पनि छैन । लिनेसँग पनि छैन । रेमिट्यान्स बढे पनि पैसा छैन, सर्वसाधारणको घरखर्च घटे पनि पैसा छैन । त्यसो भए पैसा कहाँ गयो त ? तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भनेका थिए, ‘कहाँ गएछ पैसा ? म खोज्दै छु ।’ अझै खोज्दै होलान् । त्यसो त उतिबेला एमालेका अर्थमन्त्री सुरेन्द्र पाण्डे र अघिल्ला अर्थमन्त्री विष्णु पौडेल पनि त्यै हराएको पैसा खोज्दै थिए क्यारे ! नेता र कार्यकर्ताले नगद घरमै राखे कि नगद बोकेर विदेश भागे ? कि चन्द्रहरूले डलरमा उतै कलर मिलाए ? देवीहरूले यताउति गरे ? कि क्रिप्टोमा छरे ? बजारबाट पैसा किन हराएछ त, कता हराएछ ? चुनावपछि पैसा बजारमा निस्कन्छ भन्थे, उल्टै हरायो त । नेता र कार्यकर्ताले नगद घरमै राखे कि नगद बोकेर विदेश भागे ? कि चन्द्रहरूले डलरमा उतै कलर मिलाए ? देवीहरूले यताउति गरे ? कि क्रिप्टोमा छरे ? हुण्डीमा पैसा उतै हुत्तियो ? कि राष्ट्र बैंक पैसा बोकेर सुत्दियो ? ल, ठीक छ हामीजस्ता सधैं खाली खल्तीवालाहरूसँग त पैसा भएन भएन । यी व्यापारी, बैंक र वित्तीय संस्थाहरूसँग किन भएन त ? ऋणीहरूले बैंकलाई तिरेनछन् भने कल्लाई दिएछन् त ? आखिर पैसा कहाँ गायब भइरहेको छ त ? देशका अर्थमन्त्री, गभर्नरहरूले थाहा पाउन नसकेको कुरा यो साधारण मनुष्यले कसरी थाहा पाउने ? सरकार त सरकार नै भइहाल्यो । सरकारले अर्थतन्त्रको सरोकार राख्नुपर्ने त हो । तर त्यसो भने पनि जनतालाई यसबारे भनिरहनुपर्ने के नै दरकार छ र ? उसैलाई अर्थतन्त्रको वास्तविक स्थिति थाहा भए पो भनोस् ? थाहा पाउन पो किन पर्‍या छ र ? सत्ता र भत्ता पक्का भएपछि बाँकी कुरा भाडमै जाओस्, के को चासो ?   भ्रष्टाचारी र काला व्यापारीले लुकाएका छन् भनौं भने पनि यहाँ को काला व्यापारी ? को गोरा व्यापारी ? कसले र कसरी छुट्ट्याउने ? तैपनि उनीहरूले बिटाका बिटा रुपियाँ बोरामा खाँदेर त पक्कै राखेका छैनन् होला । त्यसो गरे त त्यो पैसा नै कुहिएला । मतलव, त्यो पैसाले कि सुनचाँदी किनेर राखे होला । कि त घरजग्गा वा शेयर, बन्ड वा डिबेन्चरमा लगानी फ्याँके होला । कि त पछि फिर्ता माग्ने गरी विश्वासिला र नजिकका आफन्तहरूलाई दिए होला । हैन भने कुनै व्यापारीले ब्याजमा लिए होला । अथवा नजिकका उद्यमीलाई लगानी गर्न दिए होला । स्लिपिङ पार्टनर भए होला । यसो गरेको भए पनि त त्यो पैसा फर्केर बैंकमै आउनुपर्ने हो । किन आएन त ? कुन धन कालो ? कुन सेतो वा खैरो ? यहाँ छुट्ट्याउने कसले ? कोसँग कति छ भनेर भट्याउने कस्ले ? यस्तो खुुट्याउने कुनै सही संयन्त्र छ र हाम्रो देशमा ? विश्वले नै भ्रष्टाचारमा माहिर मुलुक भनेर चिनेको छ हाम्रो देशलाई । यसलाई रोक्न भनेरै त अख्तियार, केन्द्रीय अनुसन्धान ब्यूरो लगायत थुप्रै संस्था पनि खोलेका । तर खै त यिनले भ्रष्टाचारीलाई पोलेका ? खै त यिनले भ्रष्टाचारी देखेको ? खै त खोजेको ? देशमा भ्रष्टाचार भएकै छैन कि यी संस्थाका हाकिमहरूले घाँस खाएर बसे ?   कि पैसाजति विदेशै उड्यो त ? पढ्न र के के गर्न विदेश जानेले नेपाली पैसा बोकेर गए त ? तर नेपाली नोट जस्ताको तस्तै अरू देश जाने त कुरै भएन । विदेशमा नेपाली नोटै चल्दैन । नेपाली पैसा डलर, पाउन्ड, येन भएर विदेश गए पनि बैंकिङ प्रक्रियाबाटै जाने हो । त्यसको अभिलेख त राष्ट्र बैंकसँग भैहाल्छ । हुन्डी वा अरू माध्यमबाट गए पनि नेपाली नोट नै जाने त होइन । अनि कहाँ गयो त पैसा ? त्यसो भए सरकारले कराएर, थर्काएर अनि करकर गरी गरी उठाएको करको पैसा आफ्नो ढुकुटीमा राख्यो त ? तर सरकार पनि पैसा छैन भन्दै रुवावासी गर्दै छ त । ऊसँग पैसा भएको भए त खर्च गरिहाल्थ्यो होला । ठेकेदारहरूले भुक्तानी पाइहाल्थे होला । अनि उनीहरूले पनि त्यो पैसा फेरि खर्च गरिहाल्थे होला । अरूको पनि हातमा पुग्थ्यो होला । पछि बैंकमै आइपुग्थ्यो होला । त्यस्तो त भएको छैन, दुईचार जनालाई आसचपु बाँड्नेबाहेक । यसरी पैसा कहाँ गयो भनेर घोत्लिँदा पंक्तिकारले नयाँ तथ्य फेला पारेको छ । भएको के रहेछ भने, पैसा त जम्मै सोहोरिएर राष्ट्र बैंकमा पो पुगेछ । पैसा गायब हुनुको एक्लो कारण नै बैंकहरूको पनि बाउ बैंकमा पैसा थुप्रनु पो रैछ । कसरी भन्नुहोला । हेर्नुस्, व्यापार घाटा र चालू खाता घाटा भएपछि विदेशी मुद्रा राष्ट्र बैंकमा खासै टिक्नै पाएन । टिकेको भए त्यसको बराबर नेपाली रुपियाँ राष्ट्र बैंकले बजारमा पठाउनै पथ्र्यो । आयातका लागि भुक्तानी दिँदादिँदै डलर स्वाहा भयो । त्यसरी निस्केको डलर बराबरको रुपियाँ राष्ट्र बैंकमा थुप्रिनै पथ्र्यो, थुप्रियो । नूनदेखि सुनसम्म किन्न २० खर्ब रुपियाँबराबरको डलर विदेश भाग्ने रहेछ । जम्माजम्मी २ खर्ब रुपियाँ बराबरको डलरमात्रै निर्यातबाट हुल्न पाइने रहेछ । अनि रेमिट्यान्स र वैदेशिक अनुदान, ऋण आदिबाट पनि डलर आउने रहेछ । तर रेमिट्यान्स केही बढे पनि वैदेशिक अनुदान, ऋण आदिबाट आउने डलर यस वर्ष त करीब करीब शून्य नै रहेछ । विदेशबाट आएको सबै पैसा विदेश नै फर्किने गरेपछि देशमा पैसा खोजेर पाइन्छ त ? आएको डलर राष्ट्र बैंकबाट बाहिर फुरुरु । अनि नेपाली रुपियाँ बजारबाट राष्ट्र बैंकको सेफभित्र खुरुखुरु । यो त भयो रुपियाँ राष्ट्र बैंकमा थुप्रिने पहिलो कारण । दोस्रो कारण हो, कोभिड नामक किरो । कोभिड किरो त जीरो भइसक्यो भन्नुहोला । हो, कोभिड हटेर नै यो समस्या आएको हो । कोभिडको किराले खाएको अर्थतन्त्रलाई भिटामिन दिन ऊ बेला राष्ट्र बैंकले विभिन्न सरल र सहुलियत कर्जा दिएर पैसा सक्यो । कोभिड कम भएपछि त्यो पैसा उसले जसलाई दिएको थियो, तीबाट फिर्ता लिएर, जताबाट ल्याएको थियो, त्यतै थन्क्यायो । अर्थात् यसरी त्यो पैसा राष्ट्र बैंक पुग्यो, अनि बजारबाट हरायो । त्यही पैसा राष्ट्र बैंकले फेरि बजारमा पठाए हुँदैन त भन्नुहोला । त्यसो गर्न त अप्ठेरो हुन्छ नि । किनकि बजारमा कति पैसा पठाउने, कतिबेला पठाउने, किन पठाउने यी सबै कुरा एउटा निश्चित मापदण्ड र प्रक्रिया अनुसार गर्नुपर्ने हुन्छ । यसबारे कानून नै छ । राष्ट्र बैंकले चाहँदैमा जतिखेर मन लाग्यो त्यत्तिखेर, जति मन लाग्यो त्यति पैसा छाप्ने वा आपूmसँग भएको पैसा बजारमा छाड्ने भन्ने हुँदैन । यत्ति कुरा त बुझ्नुभयो नि ? राष्ट्र बैंकमा जम्मा भएको त्यो पैसा बजारमा निकाल्ने उपाय कुनै पनि मै हँु भन्ने अर्थशास्त्रीले अहिलेसम्म निकाल्न सकेनन् । किन त ? त्यो त उनीहरूले नै जानून् । अब आठ कक्षा मात्र पढेका भैंसी पालेर माथिमाथि चढेका, अनि अस्पताल समेत खोलेका अर्बपतिहरूले गरिरहेको आन्दोलनले पो आउने हो कि त्योे पैसा बजारमा ?

जेल रेष्टुराँ : युवा उद्यममा सरकारको वक्रदृष्टिको एउटा उदाहरण

२० माघ, काठमाडौं । दीपु जैसवाल भैरहवामा १० वर्षदेखि हार्डवेयर पसल चलाउँथे । २०७८ साउनदेखि उनको व्यापारमा मन्दी सुरु भयो । बजारमा धेरै उधारो गयो, पैसा उठेन । जैसवालले व्यापार बचाउन सम्पत्ति बिक्री गरेर बैंकको ऋण तिर्ने लगायत सम्भव भएसम्म सबै प्रयास गरे । तर, बजारबाट उधारो उठ्दै नउठेपछि उनको हार्डवेयर व्यापार जोगिएन । भैरहवाकै […]

निक्षेप–कर्जा असन्तुलन घटाऊ

देशैभर ऋण लिन चाहनेको संख्या बढी र ऋण दिन नसक्ने बैंकको अवस्थाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आर्थिक तरलता समस्या निकै बढेर गयो । यसले कर्जा–निक्षेप अनुपातमा ठूलो समस्या सिर्जना गरिदियो । यसलाई सन्तुलनमा ल्याउन के गर्ने भन्ने बहसहरू पनि भए । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तानातान पनि भयो । एकपटक त अर्थमन्त्रालयले […] The post निक्षेप–कर्जा असन्तुलन घटाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

लोप हुँदै गयो सहकार्यको उत्कृष्ट नमूना ‘परेली’ पद्धति

नेपाली बृहत् शब्दकोशले ‘परेली’ शब्दलाई कृषकहरूको परस्परमा खेतालाको साटासाट गर्ने वा एकअर्काको काम गरिदिने प्रक्रिया, खेतालो गएर खेतालै तिर्नुपर्ने गरी लगाइएको ऋण, खेताले पैंचो, पर्म भनी अथ्र्याएको छ । ‘परेली’ शब्दको यो शब्दकोशीय अर्थ वास्तविक धरातलसँग मेल खाँदैन । ‘परेली’ शब्द खेतालाको साटासाट होइन, न त खेतालो गएर खेतालै तिर्नुपर्ने गरी लगाइएको ऋण नै हो […]

एम्बुलेन्सले बिरामी नबोक्दा शिशुको ज्यान गयो!

निमोनियाले गम्भिर भएका शिशुलाई प्रदेश अस्पताल सुर्खेत लैजान रिफर गरिएको थियो। गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकले भाडा नदिएसम्म नजाने बताएपछि शिशुकी आमा मञ्जु विकले ऋण खोज्न गाँउतिर भौतारिएकी थिईन्।...

पुनरुत्थानमै रुमल्लिएको नेपाली अर्थतन्त्र

कुल गार्हस्थ्य उत्पादनको ५२ प्रतिशतसम्म ऋण पुग्ने अनुमान गरिएको अवस्थामा मध्यावधिले थप ऋणको भार बढाउने भएको छ । नेपाल र नेपालीका लागि दीर्घकालीन सौभाग्य कहिल्यै प्राप्त हुन सकेन, दुर्भाग्य मात्र अगाडि आइरह्यो । एउटा संकट आइपर्छ टार्दै गयो, अब सबलीकरणतर्फ लागिन्छ कि भन्यो फेरि संकट निम्तिहाल्छ । संकट आउँदैपिच्छे आर्थिक क्षति गराउँछ, हारगुहार गरेर पुनरुत्थानमा […]