निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो
नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।...
५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ । वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ […]
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्येकै १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको नि
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महिनामा २७ वटा वाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहन सफल भएको हो । गत वैशाख महिनासम्ममा बैंकले २४.३५ प्रतिशतले निक्षेप बृद्धि गर्दै ३१.९८ प्रतिशतले कर्जा लगानी बृद्धि गरेको छ ।२७ वटा बाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको छ । बाणिज्य बैंकहरुको औसत निक
जेठ ४, काठमाडौं । नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको छ ।
गत वैशाख महीनामा नेपालका २७ ओटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।
गत वैशाख महीनासम्ममा नेपाल बैंकको निक्षेप २४ दशमलव ३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ ओटा वाणिज्य बैंकहरुमध्ये १९ ओटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने आठ ओटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ ।
वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ६ दशमलव २३ प्रतिशत रहेको छ । त्यसैगरि २७ ओटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७ दशमलव ४३प्रतिशतले वृद्धि भएको देखिन्छ ।
वैशाखमसान्तसम्मा वाणिज्य बैंकहरुसँग कुलनिक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रबाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । नेपालबैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुशार यस अवधिमा १८ ओटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात(सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशतभन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्रनै(८९ दशमलव ६५ प्रतिशत) रहेको छ ।औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९० दशमलव ८८प्रतिशत रहेको छ ।
मुलुकभर २१३ ओटा शाखाहरु, १७० ओटा एटीएम मेसिनका साथै ४७ ओटा एक्टेन्सन काउन्टर मार्फत करीब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुरयाइरहेको उक्त कम्पनीले हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको बताएको छ ।
नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्घि गरेको छ ।गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा आफू प्रथम स्थानमा रहेको बैंकले दावी गरेको छ । गत फागुन महिनामा बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले […]
काठमाडौं (अस) । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत फागुनमा नेपालका २७ वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक पहिलो स्थानमा रहेको बताइएको छ । गत फागुननेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले बढेको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्घि भएको छ ।
२७ मध्ये १७ वटा वाणिज्य बैंकको निक्षेप वृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकको निक्षेपमा ह्रास आएको छ । वाणिज्य बैंकको औसत निक्षेप वृद्घिदर ५ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्घि भएको छ । औसतमा वाणिज्य बैंकको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्घि भएको छ । हाल वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब पुगेको छ । फागुनमा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात भने ९०.०३ प्रतिशत छ । हाल बैंकले २१३ शाखा, १४७ एटीएम, ४७ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ । फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो । गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्धि भएको छ । २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भए
नेपाल राष्ट्र बैंकले देशको कुनाकाप्चासम्म वित्तीय पहुँको अभिवृद्धि गरी बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतालाई अभिवृद्धि गर्न नीतिगत सुधार, कानूनी संरचनामा संशोधन पहल, समयसापेक्ष निर्देशन जारी, बैंक/वित्तीय संस्थाहरूको स्थापना र सञ्चालनमा खुकुलोपन एवं शाखा विस्तारमा सहज मापदण्डको व्यवस्था गरेकाले २०६८ असार मसान्तसम्म वाणिज्य बैंक ३१, विकास बैंक ८८, वित्त कम्पनी ७८ लघुवित्त वित्तीय संस्था २१ गरी २१८ संस्थाहरू सञ्चालनमा आइसकेका थिए ।
हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको मर्जरपछि कायम हुने २६ बैंकहरूमा सरकारी ३, संयुक्त लगानीका ३ र स्ट्यान्डर्ड चार्टर्ड बैंक गरी ७ बैंकलाई यथास्थानमा राखी बाँकी १९ बैंकहरूलाई गाभ्ने वा प्राप्तिमा प्रोत्साहित गर्न उपयुक्त हुन्छ ।
वित्तीय संस्थाहरूमा अस्वस्थ प्रतिस्पर्धाको शुरुआत, बचत संकलन र कर्जा विस्तारमा प्रतिस्पर्धा, चुक्ता पूँजी कम भई ठूला र राष्ट्रिय गौरवका आयोजनाहरूमा लगानी गर्न कठिनाइ, शाखा विस्तारमा ढिलाइ तथा केन्द्रीय बैंकलाई नियमन, सुपरिवेक्षण गर्न संख्यात्मक उपस्थितिबाट कठिनाइ उत्पन्न हुँदै गएकाले सानो पूँजीका धेरै संस्थाभन्दा ठूलो पूँजीका थोरै शक्तिशाली संस्थाहरू बनाउने नीति लिइएको छ । त्यसैले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने विनियामावली, २०६८ जारी गरियो ।
मर्जर भएका संस्थाहरूमा कर्मचारी र शाखा मिलानमा व्यवस्थापनलाई उल्लेख्य कसरत गर्नुपरे पनि समग्र बैंकिङ प्रणालीमा सिनर्जी प्राप्त भएको छ । चुँक्ता पूँजी वृद्धि, शाखाहरू विस्तार, बचत र कर्जा लगानीमा पहुँच, मुनाफामा वृद्धि भई आयकर भुक्तानी र शेयरधनीलाई प्रतिफल प्रदान गर्न बैंकहरू सक्षम भएको छन् । २०७८ जेठ मसान्तसम्म वाणिज्य बैंक २७, विकास बैंक १८, वित्त कम्पनी २० र लघुवित्त वित्तीय संस्था ७२ गरी १३७ संस्थाहरू सञ्चालनमा रहेका छन् । गाभ्ने/गाभिने प्रक्रियालाई थप सफल बनाउन प्रोत्साहनयुक्त नीतिगत व्यवस्था आगामी मौद्रिक नीतिमा समावेश गर्दा लक्ष्य सहज रूपमा भेट्टाउन सक्ने देखिन्छ ।
राष्ट्रिय र स्थानीय तहमा सहज आर्थिक कारोबार गर्न, शहरोन्मुख ग्रामीण इलाकासम्म सेवा विस्तार गर्न, वित्तीय पहुँच पुर्याउन, सानो रकमको बचत र कर्जा विस्तारमा सहज बनाउन विकास बैंक र वित्त कम्पनी स्थापना गर्ने नीति लिइएको देखिन्छ । यी संस्थाहरू क्रमशः कम हुँदा मौलिक बैंकिङ पद्धतिलाई बचाइराख्न खोजिएका कुरा केन्द्रीय बैंकको पछिल्ला गतिविधिहरूबाट आकलन गर्न सकिन्छ । विकास बैंक र वित्त कम्पनीको पूँजी वृद्धि गरी मर्जर प्राप्तिको गतिलाई कम गर्दै करीब १ दर्जनको हाराहारीमा सञ्चालन गरिरहँदा स्थापनाको उद्देश्यहरू पूरा हुन सक्छन् ।
बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि जारी मौद्रिक नीतिमा गाभ्ने÷गाभिने वा प्राप्तिलाई सफल बनाउन विभिन्न सहुलियतहरू प्रदान गरेको थियो । अनिवार्य नगद अनुपातमा शून्य दशमलव ५ प्रतिशत, वैधानिक तरलता अनुपातमा १ प्रतिशत विन्दुले छूट दिने, संस्थागत मुद्दती निक्षेप संकलन सीमामा १० प्रतिशत विन्दुले थप गरिने, प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत विन्दुुले थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको ६ महीना व्यतीत नभई इजाजतप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने प्रावधान लागू नहुने व्यवस्था थिए । फलस्वरूप विकास बैंक र वित्त कम्पनीहरू गाभ्ने/गाभिने प्रक्रियामा समावेश भएका तर वाणिज्य बैंकहरूले विकास बैंक र वित्त कम्पनीलाई मर्जर वा प्राप्तिमा प्राथमिकता दिएकाले बैंकहरूको संख्या घटाउने केन्द्रीय बैंकको नीतिलाई सफल बनाउन दबाबमूलक मर्जर नभई प्रोत्साहनमूलक नीति अवलम्बन गर्नुपर्ने देखिएको छ ।
बैंकहरूलाई चार समूहमा विश्लेषण गर्न सकिन्छ । पूर्ण सरकारी वा अर्ध सरकारी स्वामित्वमा स्थापित नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड । विश्वभर शाखा सञ्जाल भएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड, विदेशी र निजी संयुक्त लगानीमा स्थिापित हिमालयन बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र नेपाल एसबीआई बैंक लिमिटेड । निजीक्षेत्रको लगानीमा विस्थापित अन्य वाणिज्य बैंकहरू गाभ्ने वा प्राप्तिसम्बन्धी व्यवस्था उक्त वर्गीकरणलाई आधार मानी निर्धारण गर्न उपयुक्त देखिन्छ ।
बैंकहरूको चुक्ता पूँजी कम्तीमा ८ अर्बदेखि २२ अर्बसम्म पुगिसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक लिमिटेडको मर्जर अन्तिम चरणमा छ । नेपाल बैंक लिमिटेडलाई पूँजी वृद्धि गर्दै सरकार र निजी लगानीको ६०/४० प्रतिशतमा सञ्चालन गर्ने, सामाजिक परिवेश, सरकार र निजीक्षेत्रको भूमिकालाई दृष्टिगत गर्दा सरकारको पूर्ण लगानीमा स्थापित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई साबिकरूपमा रहन दिने, कृषिक्षेत्रमा कर्जा प्रवाह गरी उत्पादन र व्यवसायीकरण गर्ने उद्देश्यले स्थापित कृषि विकास बैंक लिमिटेडलाई कृषि विकासको विशिष्टीकृत नेतृत्वदायी बैंकको रूपमा सञ्चालन गर्ने र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई यथास्थानमा रहन दिनु उपयुक्त हुने देखिन्छ ।
बंगलादेश र निजीक्षेत्रको संयुक्त लगानीमा स्थापित नेपाल बंगलादेश बैंक लिमिटेड, भारतको पञ्जाब नेशनल बैंक र निजी लगानीमा स्थापित एभरेष्ट बैंक लिमिटेड, स्टेट बैंक अफ इन्डिया र निजी लगानीमा स्थापित नेपाल एसबीआई बैंक लिमिटेडलाई पर्ख र हेरको स्थितिमा सञ्चालन गर्न सकिन्छ । हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको मर्जरपछि कायम हुने २६ बैंकहरूमा सरकारी ३, संयुक्त लगानीका ३ र स्ट्यान्डर्ड चार्टर्ड बैंक गरी सात बैंकलाई यथास्थानमा राखी बाँकी १९ बैंकहरूलाई गाभ्ने वा प्राप्तिमा सहभागी हुन लक्षित गरी उपयुक्त नीति अवलम्बन गर्न सकिन्छ । बैंकिङ सूचकांङ्क आधारमा अब्बल र कम रहेका बंैकहरूको मर्जर प्रक्रियालाई प्रोत्साहित गरी नौओटामा सीमित गर्ने रणनीति अपनाउँदा बंैकहरूको संख्या १६ कायम गर्न सक्ने देखिन्छ ।
बैंकहरू सञ्चालन गर्ने अन्तरराष्ट्रिय अभ्यास, कडा नियमनकारी संस्था, निजीक्षेत्रको उत्साहपूर्ण लगानी र कुशल व्यवस्थापक समूह भएको तथा अप्ठ्यारो अवस्था सृजना भएमा केन्द्रीय बैंकले हस्तक्षेपकारी भूमिका खेल्न सक्ने कानूनी आधार हुँदा प्रोत्साहनमूलक मर्जर वा प्राप्ति नीति उपयुक्त देखिन्छ । गत आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर वा प्राप्तिमा गरिएको छूट तथा सहुलियतबाट बैंकहरू उत्साहित नभएकाले त्यसको पुनर्मूल्याङ्कन गरी मर्जर प्रक्रियालाई पूर्णविराम लगाउन सकिन्छ ।
गाभ्ने/गाभिने प्रक्रियालाई सफल बनाउने नेतृत्वदायी भूमिका केन्द्रीय बैंकको भएकाले आगामी मौद्रिक नीतिमा विभिन्न शीर्षकहरूमा निश्चित समयसम्म सहुलियत तथा छूट दिनुुपर्ने देखिन्छ । २०७९ असार मसान्तसम्म गाम्ने/गाभिने प्रक्रिया सम्पन्न गरी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरूलाई अनिवार्य नगद मौज्दातमा १ प्रतिशत विन्दुले २०८० असार मसान्तसम्म छूट दिने, वैधानिक तरलता अनुपातमा २ प्रतिशत विन्दु र आधार दर गणना गर्ने सूत्रबाट सञ्चालन लागत प्रतिशत २०८१ असार मसान्तसम्म हटाउने, औसत ब्याजदर गणना विधि २०८२ असार मसान्तसम्म कार्यान्वयन नगर्ने, संस्थागत निक्षेप संकलन सीमा २०८१ असार मसान्तसम्म लागू नहुने तथा निर्देशित कर्जा प्रवाह अन्तर्गत कृषि र ऊर्जाको सीमालाई २०८५ असार मसान्तसम्म छूट दिने व्यवस्था हुनुपर्छ । बैंकले कर्जा स्वीकृत गर्दा लिने शुल्क शून्य दशमलव ७५ प्रतिशतको सीमा २०८१ असार मसान्तसम्म हटाउने, सञ्चालक समितिका सदस्य वा अन्य उच्च पदस्थ कर्मचारीहरू पदबाट हटेको ६ महीना व्यतीत नभई इजाजतप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने प्रावधान हटाउनेजस्ता व्यवस्था गर्नु उपयुक्त देखिन्छ । काठमाडाैं उपत्यकामा १० शाखा र अन्य नगरपालिकाहरूमा आवश्यकताको आधारमा शाखा खोल्न २०८५ असार मसान्तसम्म स्वीकृत लिन नपर्ने, विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कुल कर्जा रकमको ५ प्रतिशतमा २ प्रतिशत विन्दुले २०८१ असार मसान्तसम्म छूट दिने व्यवस्था गरी वाणिज्य बैंकहरूलाई सहभागितामूलक स्वस्फूर्त रूपमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा समावेश गराउँदा बैंकहरूलाई सिनर्जी प्राप्त हुने तथा केन्द्रीय बैंकको लक्ष्य प्राप्तिमा सफलता प्राप्त हुन सक्ने देखिन्छ ।
लेखक बैंकिङ, बीमा तथा आधुनिक भुक्तानी प्रणालीसम्बन्धी जानकार हुन् ।
काठमाडौं । सरकारले निषेधाज्ञा गरेको डेढ महीना बितिसकेको छ । यसबीचको १ महीनामा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आफ्नो व्यवसाय साढे ३५ अर्बभन्दा बढी थप्न सफल भएका छन् ।
कोभिड–१९ का कारण सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको १ महीनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह रू. ३५ अर्ब ५९ करोड वृद्धि भएको छ । जेठ अन्तिमसम्म कुल कर्जा रू. ३६ खर्ब ४६ अर्ब १० करोड पुगेको छ । बैंकहरूले १ महीनामै ३५ अर्ब ५७ करोड निक्षेप थपेका छन् । जेठ मसान्तसम्म कुल निक्षेप रू. ३९ खर्ब ९१ अर्ब १ करोडको हाराहारीमा पुगेको छ ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये चारओटा वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ । निषेधाज्ञाको १ महीनाको अवधिमा सबैभन्दा बढी लक्ष्मी बैंकको कर्जा प्रवाह घटेको छ । बैंकको कर्जा प्रवाह रू. ७९ करोडले संकुचन आएको छ । उसको कुल कर्जा रू. १ खर्ब ७ अर्ब १० करोड छ ।
नेपाल बंगलादेश बैंकको कर्जा वृद्धि ४५ करोडले घटेको छ । उसको कुल कर्जा रू. ६८ अर्ब ६८ करोड रहेको छ । यसअघि कर्जा प्रवाहमा आक्रामक देखिएको एनआईसी एशिया बैंकको समेत १ महीनामा रू. १५ करोडले कर्जा प्रवाह घटेको छ । यसको कुल कर्जा रू. २ खर्ब ६६ अर्ब ७६ करोड छ ।
प्रभु बैंकको १३ करोड रुपैयाँले कर्जा घटेको छ । उसको कुल कर्जा रू. १ खर्ब ४२ अर्ब ८१ करोड रहेको छ ।
जेठ मसान्तसम्मा सबैभन्दा बढी कर्जा वृद्धि गर्नेमा नबिल बैंक देखिएको छ । बैंकले एकै महीनामा रू. ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको थप कर्जा वृद्धि गरेको छ । उसको कुल कर्जा रू. १ खर्ब ९७ अर्ब ८५ करोड पुगेका छ । नबिलको कर्जापूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव ६६ प्रतिशत रहेको छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली यति बेला बैंकबाट नयाँ कर्जा नगए पनि प्रक्रियामा रहेका वा यसअघि रोकिएका पुराना कर्जा गएको बताउँछन् ।
निषेधाज्ञाले गर्दा व्यवसाय प्रभावित बनेको उनको भनाइ छ । ‘मान्छेहरू बाहिर निस्किन पाएका छैनन् । मालपोतदेखि सबै चहलपहल बन्द रहेकाले पनि बैंकको व्यवसाय केही प्रभावित छ । नयाँ कर्जा बन्द छ,’ उनले भने ।
नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र ग्लोबल आईएमई बैंकले ३ अर्बसम्म थप कर्जा प्रवाह गरेका छन् । साढे २ अर्बदेखि पौने ३ अर्बसम्म थप कर्जा विस्तार गर्नेमा सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी बैंक रहेका छन् ।
एक अर्बभन्दा माथि २ अर्बसम्म थप कर्जा वृद्धि गर्नेमा हिमालयन, सनराइज, नेपाल बैंक, कुमारी, नेपाल एसबीआई, सानिमा र प्राइम बैंक रहेका छन् । निषेधाज्ञाको १ महीनाको अन्तरमा थप कर्जा वृद्धिमा अगाडि देखिएको नबिल बैंकले निक्षेप संकलन वृद्धिमा पनि पहिलो स्थानमा रहेको छ । वैशाख मसान्तदेखि जेठ मसान्तसम्ममा उक्त बैंकले ५ अर्ब २ करोड रुपैयाँको थप निक्षेप वृद्धि गरेको छ । उसको कुल निक्षेप रू. २ खर्ब २१ अर्ब २१ करोड पुगेको छ । यस अवधिमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र राष्ट्रिय वाणिज्य बैंकले रू. ४ अर्बभन्दा बढी थप निक्षेप संकलन गरेका छन् । २ अर्बदेखि ३ अर्बसम्मको थप निक्षेप संकलन बढाउनेमा सिटिजन्स, सानिमा, मेगा, नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ काठमाडौं, प्राइम, र कुमारी बैंक रहेका छन् ।
१ अर्बदेखि २ अर्बसम्मको थप निक्षेप बढाउनेमा नेपाल बंगलादेश, हिमालयन, माछापुच्छ्रे, ग्लोबल आईएमई बैंक रहेका छन् । १ अर्बभन्दा कम ५ करोडसम्मको थप निक्षेप बढाउनेमा सिभिल, सिद्धार्थ, सेञ्चुरी र लक्ष्मी बैंक रहेका छन् ।
आधा दर्जन वाणिज्य बैंकको निक्षेप संकलन संकुचनमा रहेको छ । प्रभु, एनआईसी एशिया, सनराइज, एभरेष्ट, एनएमबी र नेपाल बैंकको निक्षेप संकलन वृद्धि घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
सबैभन्दा कम निक्षेप संकलन गर्नेमा नेपाल बैंक रहेको छ । बैंकको निक्षेप संकलमा रू. ३ अर्ब ५६ करोडले संकुचन भई जेठ मसान्तसम्ममा कुल निक्षेप रू. १ खर्ब ५५ अर्ब ७६ करोड पुगेको छ ।