काठमाडौं । वित्तीय प्रणालीमा गत बिहीवार रू. ८ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) का अनुसार वैशाख ६ गते बुधवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब ४८ अर्ब निक्षेप रहेकोमा ७ गते बिहीबार बढेर ५४ खर्ब ५६ अर्ब पुगेको छ ।
निक्षेप बढे पनि कर्जा विस्तार भने स्थिर छ । बिहीवारसम्ममा बैंकहरूको कुल कर्जा प्रवाह ४८ खर्ब ४४ अर्बमा सीमित छ । निक्षेप वृद्धिसँगै बैंकमा तरलता रकम बढेको छ । बिहीवारसम्ममा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात ८५ दशमलव ३४ प्रतिशत छ । यस्तै अन्तरबैंक ब्याजदर ७ दशमलव १० प्रतिशत कायम रहेको राष्ट्र बैंक (NRB) ले बताएको छ ।