असहाय, गरीब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पुर्याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । शनिबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५१ हजार १ सय रुपैयाँ कोषमा जम्मा गर्दै उनकै पहलमा औपचारिक रूपमा ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको हो । कोटेश्वरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले गरीब, जेहेन्दार छात्रछात्राको पठनकार्यलाई सहयोग पुर्याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको…