उद्योगी गोयलद्वारा शैक्षिक छात्रवृत्ति कोष स्थापना

विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा दशलाखको छात्रवृत्तिको स्थापना गरेका छन् ।मंगलबार विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा गोयलले कोष घोषणा गरेका हुन् । यसअघि सोही विद्यालयमा उनी संरक्षित सुमनदेवी गोयल छात्रवृत्तिमा चारलाख रुपैयाँको अक्षयकोष रहेको थियो ।स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोषबाट २२ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएका […]