नेपाली राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान हरि खड्कालाई विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार मुद्दामा कसूरदार ठहर भएका खड्कालाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
विशेष अदालतका सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासबाट फैसला गरिएको योगीले बताए । भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार उनलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
पूर्व फूटबल खेलाडी हरि खड्काले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको कस...