जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । राति १२ बजेसम्मको मत गणनाअनुसार १८ हजार ६६३ मत गणना गर्दा शाही १० हजार २६ मत ल्याउँदै अग्रपङ्क्तिमा छन् । त्यस्तै गठबन्धनका उम्मेदवार गोमा गौतम कुँवरले ४ हजार ४७० मत ल्याएर शाहीलाई पछ्याउँदैछन् । शाही गठबन्धनका उम्मेदवार गौतमभन्दा ५ हजार बढी मतले अघि छन् । एमालेका रतननाथ योगीले २ हजार ३७२ मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।