सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई स्वागत गरेका हुन् ।
यस्तै शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’को कमिटीसमेत राप्रपामा समाहित भएको छ ।
शाही भ्रष्टाचारविरोधी अभियानमा संलग्न छन् ।