जिल्ला अदालत सुनसरीको फैसलाले अन्यायमा परेको भन्दै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलका गोपाल भनिने लालबहादुर विश्वकर्माले पुनरावेदनको माग गर्दै गत मंसिर २१ मा उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराए । त्यसको सवा महिनापछि पुस २६ मा उच्च अदालतले कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा पहिलो पेसी तोक्यो । इजलासले प्रत्यर्थी झिकाउने आदेश दियो ।