जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। पीडितहरूलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ। पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन्। ४२ वर्षीय तत्माले भने, ‘न्याय पाउने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।’तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अदालतले अभियुक्तहरूलाई दोषी