अमेरिका जाने लोभमा पर्दा २ व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरू अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छन् ।
मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये पत्नी सुधा देवकोटा पक्राउ परे पनि पति मुक्तिनारायण केसी अझै फरार छन् ।
अदालतको आदेशले देवकोटा भने पुर्पक्षका लागि जेल चलान भएका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनीहरूविरुद्ध विभिन्न मितिमा २ पीडित व्यक्तिको जाहेरी परेको ...