‘अपरेशन महाहण्ट ७’ अन्तर्गत कोशीटप्पु वन्यजन्तु आरक्षको रेन्ज पोष्ट भगवानपुरबाट खटिएको नेपाली सेना र आरक्षका कर्मचारी सहितको संयुक्त पेट्रोल टोलीले मंगलबार उदयपुरको वेलका नगरपालिका वडा नं २ स्थित भागलपुर बस्ने सुक्रमान राईलाई पक्राउ गरेको छ । सोही नगरपालिका मोरीयाधार इलाकाबाट उनलाई विभिन्न हतियारसहित पक्राउ गरेर कारवाहीको लागि कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय, पश्चिम कुशाहा बुझाइएको सेनाले जनाएको छ ।
सेनाका अनुसार उनको साथबाट भरुवा बन्दुक, सिसाको गोली, बारुद, जंगली जनावरको मासु, मोबाइललगाय...