हतियारसहित शिकारी पक्राउ

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्‍जबाट हतियार सहित दुई जना पक्राउ परेका छन् । नेपाली सेना र निकुञ्‍जका कर्मचारी सहितको संयुक्त टोलीले बाँके राष्ट्रिय निकुञ्‍जबाट हतियारसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ । मंगलबार कोहलपुर नगरपालिका वडा नं. १३ का अवैध शिकार गरिरहेका दुई जनालाई भरुवा बन्दुक नाल-२ सहित  पक्राउ गरिएको सेनाले जानकारी दिएको छ । […]

सम्बन्धित सामग्री

गाडी र हतियारसहित ५ जना शिकारी समात्यो पर्सा निकुञ्जले

बारा : निकुञ्जको कोर क्षेत्रमा वन्यजन्तु चोरी शिकार गरिरहेका ५ जना शिकारी बन्दोबस्तीका सामानसहित पक्राउ परेका छन्। वन्यजन्तु चोरी शिकार गरिरहेकै अवस्थामा उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले नियन्त्रण लिएको हो।वन्यजन्तु चोरी शिकार गरिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाउँका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी-१ का ३७ वर्षीय कापसदास थारु, बारा सखुवा प्रसौनीका ४४ व

बाँकेमा हतियारसहित दुई शिकारी पक्राउ

नेपालगञ्ज- बाँकेमा हतियारसहित दुई शिकारी पक्राउ परेका छन्। बाँके राष्ट्रिय निकुञ्‍जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले मंगलबार कोहलपुर नगरपालिका वडा-१३ स्थित भरैया इलाकाबाट दुई शिकारी पक्राउ गरेकाे हाे। अवैध शिकार गरिरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरूलाई दुई भरुवा बन्दुकसहित कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयलाई बुझाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्‍जबाट हतियारसहित शिकारी पक्राउ

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्‍जमा हतियारसहित चार शिकारी पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्‍जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मंगलबार शिकार गर्न आएका चार जना शिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दियाको भेरी गंगा नगरपालिका ५, हात्तिखाल बस्ने ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, […]

हतियारसहित चार शिकारी पक्राउ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट हातहतियारसहित चारजना शिकारी पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटेका नेपाली सेनाको टोलीले मिति उनीहरूलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।  शिकार गर्ने उद्देश्यले निकुञ्जमा आएका उनीहरूलाई मंगलबार पक्राउ गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेममा  भेरीगंगा नगरपालिका-५ बर्दियाका लक्ष्मण गिरी, भद्रबहादुर वली, ठगबहादुर...

अपरेशन महाहण्ट ७–हतियार सहित शिकारी पक्राउ

‘अपरेशन महाहण्ट ७’ अन्तर्गत कोशीटप्पु वन्यजन्तु आरक्षको रेन्ज पोष्ट भगवानपुरबाट खटिएको नेपाली सेना र आरक्षका कर्मचारी सहितको संयुक्त पेट्रोल टोलीले मंगलबार उदयपुरको वेलका नगरपालिका वडा नं २ स्थित भागलपुर बस्ने सुक्रमान राईलाई पक्राउ गरेको छ । सोही नगरपालिका  मोरीयाधार इलाकाबाट उनलाई विभिन्न हतियारसहित पक्राउ गरेर कारवाहीको लागि कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय, पश्चिम कुशाहा बुझाइएको सेनाले जनाएको छ । सेनाका अनुसार  उनको साथबाट भरुवा बन्दुक, सिसाको गोली, बारुद, जंगली जनावरको मासु, मोबाइललगाय...

सेनाको ‘अपरेशन महाहण्ट–७’, बन्दुकसहित ९ जना पक्राउ

काठमाडौं : नेपाली सेनाले बाँकेमा हतियारसहित ९ जनालाई पक्राउ गरेको छ। बाँके राष्ट्रिय निकुञ्जमा सञ्चालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्जका  कर्मचारीसहितको संयुक्त टोलीले हतियारसहित निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा मिति  ९ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालाीकाका भीमबहादुर खनाललाई पक्राउ गरी थप सोधपुछ गर्दा निकुञ्जको सिमावर्ती क्षेत्र वरपर बसोबास गर्ने खनाल सहित ९ जनालाई