बारा : निकुञ्जको कोर क्षेत्रमा वन्यजन्तु चोरी शिकार गरिरहेका ५ जना शिकारी बन्दोबस्तीका सामानसहित पक्राउ परेका छन्। वन्यजन्तु चोरी शिकार गरिरहेकै अवस्थामा उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले नियन्त्रण लिएको हो।वन्यजन्तु चोरी शिकार गरिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाउँका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी-१ का ३७ वर्षीय कापसदास थारु, बारा सखुवा प्रसौनीका ४४ व