प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक हुने भएको छ । प्राविधिक रूपमा समस्या पर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव छुट्टाछुट्टै गर्नुपर्ने अडान राख्दै आएको निर्वाचन आयोग एकैपटक गर्न बिहीबार सहमत भएको हो । निर्वाचन भने दुई चरणमा हुनुपर्ने उसको प्रस्ताव छ ।