काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको छ ।
आज आइतवार बसेको पार्टीको सचिवालय बैठकले व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता एमसीसी पारित गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।
यसअघि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेका थिए ।
पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार व्याख्यात्मक प्रस्तावमा राष्ट्रियताका पक्षमा वि...