काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले एमसिसी पारित गर्ने निर्णय नगरेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल भएको छ। सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी टेबुल गरेका हुन्। संसद बैठकपछि बाहिरिने क्रममा अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीले एमसिसी पारित गर्ने निर्णय गरेको छैन। टेबुलमात्रै गर्न दिने भनेको हो।’ त्यस्तै […]