सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अस्वीकार गनुपर्ने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमार्फत अघि बढाउने प्रयत्न गरिरहेका बेला सत्तारुढ दल नेकपा एकीकृतले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने भन्दै बरु त्यसलाई अस्वीकार गर्नुपर्ने बताएको हो । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा ठूलो राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना