२० वैशाख, काठमाडौं । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग बनाउन विस्तृत डिजाइनको काम सुरु भएको छ । ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्गको ठेक्का पाएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाशकुमार श्रेष्ठका अनुसार ठेकदार कम्पाीले सर्भेसहित डिजाइनको काम सुरु गरिसकेको छ । कम्पनीले तयार […]
काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पा जाने सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । सुरुङमार्ग निर्माणका लागि गत साता चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ’सँग ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भएसँगै चिनियाँ कम्पनीलाई वातावरणीय अध्ययन र सुरुङको विस्तृत डिजाइनका लागि ९ महिनाको समय दिइएको छ । ठेक्का सम्झौता […]
बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग ठेक्का लाग्ने अन्तिम चरणमा, सुरुङमार्गहरूका लागि अघिल्लो आवको भन्दा चालू आवमा चार गुणा बढी अर्थात् दुई अर्ब बजेट विनियोजन
भौगोलिक रूपमा धेरैअघिदेखि नै सुरुङमार्गको आवश्यकता महसुस...
दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङमार्गको ठेक्का हात पारेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएको हो ।सुरूङ मार्ग बनाउन आह्वान गरिएको टेण्डरमा नौ कम्पनीले आवेदन दिएका थिए । जसमा प्राविधिक प्रस्ताव स्वीकृत भएका चारवटै कम्पनी चिनियाँ थिए । जसमध्ये सबैभन्दा कम मूल्य ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँमा ठेक्का आवेदन गर्ने चिनियाँ कम्पनीले ठेक्का
बुटवल – बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छनोट भएको छ । बुटवल-नारायणगढ सडक बिस्तारको काम गरिरहेको चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ ले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त यो सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेन्डर आह्वान भएको थियो । सडक विभागका अनुसार सिद्धबाबाको […]
काठमाण्डाै - सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको सीमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरेको हो । जेठको २४ गतेसम्म ठेक्काको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर हुनेछ । यस्तै सुरुङभित्र कुनै समस्या भएमा बाहिरी सडकसँग लिङ्क गर्नको लागि तीन वटा सहायक सुरुङ हुनेछन् । सहायक सुरुङ डेढदेखि दुई सय मिटरसम्म लामा हुनेछन् ।
सिद्धबाबाको सुरुङमार्ग ...
काठमाडौं, जेठ ३ । काठमाडौं–तराईरमधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्राइभेट लिमिटेड र प्याकेज–२ का लागि चीनकै पोली च्याङ्दा कन्सट्रक्सन कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता […]
काठमाडौं / काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको...
The post काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता appeared first on Purbeli News.
२७ फागुन, काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पा र रुपन्देहीको सीमामा रहेको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का लगाउन ढिलाइ भएको छ । सरकारले गत वर्ष २०७६ को मंसिर पहिलो साता नै यो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन सडक विभागलाई स्वीकृति दिएको थियो । तर, सुरुङमार्गको बोलपत्रको कागजात (बिड डकुमेन्ट) बनाएर स्वीकृत गर्न नै सरकार […]