सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता

काठमाडौं, जेठ ३ । काठमाडौं–तराईरमधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्राइभेट लिमिटेड र प्याकेज–२ का लागि चीनकै पोली च्याङ्दा कन्सट्रक्सन कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता […]

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्ग : स्थानीयको अवरोध हटेपछि निर्माण शुरू

काठमाडौं। निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण पुन: शुरू भएको छ । सुरुङ खन्ने क्रममा जमीनमा खाडल परेको र घर चर्किएपछि प्रभावित स्थानीयवासीले निर्माण अवरुद्ध पारेका थिए । सुरुङमार्गको पूर्वी पोर्टल (काठमाडौंतर्फ)को ८३ मिटरमाथि खाडल परेको थियो । साथै ९ ओटा घर पनि चर्किएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खाडल परेको ठाउँको अनुसन्धान विज्ञबाट गराउने र चर्किएका घर अस्थायी स्थानान्तरण गर्ने निर्णय गरेपछि सुरुङमार्ग निर्माण पुन: अघि बढेको छ । यससँगै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सुरुङमार्ग निर्माण तीव्र बनाएर एक महीनाभित्र ‘ब्रेक थ्रु’ गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले सुरुङमार्ग निर्माणका क्रममा भएका समस्या समाधान गर्न समिति पनि गठन गरेको छ । सडक विभागका वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको जानकारी दिइएको छ । आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्री ज्वालाले शनिवार सर्वपक्षीय बैठक बोलाएका थिए । पीडित पक्ष, त्यस क्षेत्रका संघीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको सहभागितामा निर्णय भएपछि आयोजनाको काम शुरू भएको हो । उक्त समितिले सुरुङमार्ग निर्माण स्थलमा कसरी खाडल पर्‍यो, कति घर चर्किए भन्ने जस्ता कारण पत्ता लगाउने र पीडितलाई स्थानान्तरणको व्यवस्थाका लागि काम गर्ने बताइएको छ । आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल समाधान गर्ने सूचनामा उल्लेख छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ । २०७६ कात्तिकमा शिलान्यास भएको यो सुरुङमार्गको उद्धार सुरुङमार्ग (रेस्क्यु टनेल) गत साउन तेस्रो साता ब्रेक थ्रु भएको थियो । मुख्य सुरुङमार्गको ब्रेक थु्र दशैंअघि नै गरिने भनिएको थियो । तर स्थानीयको अवरोधका कारण काममा भएको ढिलाइले दशैंअघि हुन सकेन । आयोजनाको मुख्य सुरुङमार्ग अब २०० मिटर खन्न बाँकी छ । कुल ५ दशमलव ७ किलोमिटरको नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउन नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच सन् २०१६ मा सम्झौता भएको थियो । जापान सरकारको सहुलियत ऋणमा बन्न लागेको यस सुरुङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ छ ।

सिद्धबाबा सुरुङ निर्माण असोजबाट

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ ।विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमार्गमा निर्माण कम्पनीले तोकेको डिजाइ […]

सिद्धबाबा सुरुङ निर्माण असोजबाट

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निमार्णका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजंन थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमर्गमा निर्माण […]

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पा जाने सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । सुरुङमार्ग निर्माणका लागि गत साता चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ’सँग ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भएसँगै चिनियाँ कम्पनीलाई वातावरणीय अध्ययन र सुरुङको विस्तृत डिजाइनका लागि ९ महिनाको समय दिइएको छ । ठेक्का सम्झौता […]

सिद्धबाबा सुरुङमार्ग निर्माणको सम्झौता

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग सन्झौता भएको छ । गत बुधबार सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम गरेर बुझाउने समय सीमा दिइएको छ । श्रेष्ठले भने, “कम्पनीले […]

तस्वीर : नागढुंगामा निर्माणाधीन सुरुङमार्ग

नागढुंगामा निर्माणधीन सुरूङ मार्ग । नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाजमा–आन्द्रो जेभीले गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो । तस्वीर : रासस

सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता

काठमाडौँ–तराई/मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन प्राइभेट लिमिटेड र प्याकेज–२ का लागि चीनकै पोली च्याङ्दा कन्सट्रक्सन कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता भएको द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौतापत्रमा द्रूतमार्गतर्फबाट आयोजना प्रमुख एवं नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सनका कार्यकारी निर्देशक सु यान र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सनका प्रोजेक्ट प्रबन्धक प्रमुख श्रीमती सु तिनग्यु बारबराले हस्ताक्षर गर्नुभएको थियो ।

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं / काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको... The post काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता appeared first on Purbeli News.

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।संघीय संसद्को सार्वजनिक लेखा समितिले सुरुङमार्गको दोस्रो प्याकेजको पूर्वयोग्यता (पीक्यू)मै अ

सुरुङमार्ग निर्माण सम्झौता

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको हो ।