बारा – आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मधेश प्रदेशमा ६२ दशमलव ५ प्रतिशत मतदान भएको छ।
गएको पालिका चुनावमा ७० प्रतिशत मतदान भएकोमा अहिले थोरै मतदान हुँदा मतदाता चुनावप्रति उत्साहित नभएको रुपमा बुझिएको छ ।
मधेश प्रदेशको बारामा सबैभन्दा धेरै ६६ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै रौतहट र महोत्तरीमा ६५ प्रतिशत, धनुषा र सप्तरीमा ६२ प्रतिशत, सिरहा, पर्सा र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ।
आज भएको चुनावमा ८ जिल्लामध्ये ४ जिल्लामा गोलीसमेत चलेको छ भने सामान्य विवाद र झडपसम...