मधेश प्रदेशमा ५९ प्रतिशतमात्र रोपाइँ

सबैभन्दा बढी धान फल्ने मधेश प्रदेशमा यो वर्ष सबैभन्दा कम रोपाइँ भएको छ । अन्य प्रदेशमा ९९ प्रतिशतसम्म रोपाइँ हुँदा मधेशमा भने ५९ प्रतिशतमात्रै भएको हो । यो वर्ष मधेश प्रदेशमा कम पानी परेका कारण धान रोपाइँ हुन नसकेको हो । यो तथ्यांक साउन १२ सम्मको हो । तराईमा साउनभर धान रोपाइँ गर्न सकिने भएकाले […]

सम्बन्धित सामग्री

धान रोपाइँ ९२ प्रतिशत मात्र, अन्न भण्डार क्षेत्रमै सबैभन्दा कम

काठमाडौं । यस वर्ष कूल ९२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेसम्म धान उत्पादन हुने क्षेत्रमध्ये ९२ प्रतिशत जमिनमा मात्रै धान रोपाइँ भएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले कम हो । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत जमिनमा रोपाइँ भएको थियो । नेपालमा करीब १४ लाख ८८ हजार हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । त्यसमध्ये हालसम्म १३ लाख ७५ हजार हेक्टरमा रोपाइँ भएको छ ।  मन्त्रालयको तथ्यांक अनुसार यस वर्ष सुदूरपश्चिम र कर्णाली प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ भएको छ । यी दुवै प्रदेशमा ९९÷९९ प्रतिशत क्षेत्रफल जमिनमा धान रोपाइँ भएको छ ।  नेपालको अन्न भण्डारको रूपमा चिनिने मधेश प्रदेशमा भने सबैभन्दा कम रोपाइँ भएको छ । नेपालको धान उत्पादनमा मधेश प्रदेश सर्वाधिक हिस्सा ओगट्छ ।   सो प्रदेशमा यस वर्ष हालसम्म ८२ प्रतिशत मात्रै रोपाइँ भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले कम हो । गत वर्ष मधेशमा ९३ प्रतिशत जमिनमा रोपाइँ भएको थियो । त्यसैगरी कोशी प्रदेशमा हालसम्म ९७ प्रतिशत धान रोपाइँ भएको छ । बागमतीमा ९३ प्रतिशत, गण्डकीमा ९४ प्रतिशत र लुम्बिनीमा ९५ प्रतिशत धान रोपाइँ सकिएको छ । यस वर्ष मधेश, बागमती र गण्डकी प्रदेशमा ढिलोगरी मनसुन शुरु भएका कारण रोपाइँ गर्न ढिलो भएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले जानकारी दिए । यसवर्ष अब रोपाइँ हुने सम्भावना कम रहेको उनको भनाइ छ ।