केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार मधेश प्रदेशमा महिलाभन्दा पुरुष बढी रहेका देखिएको छ ।
बुधवार सार्वजनिक गरिएको विवरणअनुसार मधेश प्रदेशमा लैंगिक अनुपात १००.९९ रहेको छ ।
मधेश प्रदेशमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको विभागका तथ्यांक अधिकृत दीनानाथ लम्सालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार लैंगिक अनुपात भनेको प्रति १०० महिलामा पुरुषको संख्या हो ।
२०६८ सालको जनगणनामा समेत मधेशको लैंगिक अनुपात १०१.१८ रहेको थियो ।
लैंगिक अनुपातमा सुदूरपश्चिम ...