असार २४, काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा आइआर बि प्लस रेटिङ प्रदान गरेको छ ।यस रेटिङ प्राप्त गर्ने निकायहरु समयमा दायित्व पुरा गर्न उच्च जोखिम रहेको मानिन्छ । इक्रा नेपालले यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र रहेको बताएको छ ।