काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पुन : ‘ट्रिपल ए’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले उक्त कम्पनीलाई विगतमा प्रदान गरेको रेटिङलाई पुनः पुष्टि गरेको हो।लगातार चौथो वर्ष पनि कम्पनीले राम्रो रेटिङ पाएको हो । इक्राले उक्त कम्पनीलाई विगतमा प्रदान गरेको ‘(इक्रा–आईआर) एएए’ रेटिङ पुनः पुष्टि गरेको हो।
कम्पनीले लगातार चार वर्षदेखि यो रेटिङ प्राप्त गर्दै आएको छ । लगानीको दृष्टिले यो रेटिङ सबैभन्दा उच्च कोटीको हो । वित्तीय दायित्वहरु समयमा पूरा गर्ने बैंकहरुलाई इक्राले यो रेटिङ दिन्छ ।
कम्पनीको सन् २०२३ मध्यजनवरीसम्म जोखिममा हुनसक्ने सम्पत्ति अनुपात (सीआरएआर) १४ दशमलव ९१ प्रतिशत रहेको छ भने टायर–आई १३ दशमलव ३८ प्रतिशत छ । यो दुबै न्यूनतम् नियामक आवश्यकता भन्दा निकै धेरै हो । यसैवीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिर्वाण घोष दास्तिदारले लगातार चार वर्षदेखि बैंकले ट्रिपल ए रेटिङ पाउनु आफ्ना ग्राहक र सबै सरोकारवालाहरुतर्फ आफ्नो प्रतिबद्धतालाई मजबुत रुपमा प्रमाणीकरण गरेको बताएका छन् ।
साथै उनले यो सफलतालाई सम्भव बनाउने सबैलाई धन्यवाद भनेका छन् ।