मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)का प्रतियोगीहरुको पूर्व परीक्षण (अडिसन) जारी छ । प्रतियोगीहरुको आवेदन अवधि समाप्तिसँगै धमाधम पूर्व परीक्षण भैरहेको आयोजक पक्षले जनाएको हो । मिस नेपाल नर्थ अमेरिकाका संस्थापक सभापति शैलेश श्रेष्ठले अन्तिम नामावली पनि छिट्टै सार्वजनिक हुने बताए । प्रतियोगीहरुका लागि आवेदन दिने मिति शुरुमा जुन १५ निर्धारण गरिएपनि पछि जुन २५ सम्म थप गरिएको थियो ।श्रेष्ठका अनुसार अमेरिकाका विभिन्न राज्यहरुबाट आएका करिब डेढ दर्जन प्रतियोगीहरुको अन्तिम नामा