म्यानमारको सेनाले शृङ्खलाबद्ध ढङ्गले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरूलाई एउटा खाडलमा सामूहिक रूपमा पुरिएको थियो । विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सा