काठमाडौं । म्यानमारको सेनाले श्रृंखलाबद्ध रुपमा सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएको छन् । गत जुलाईमा मात्र म्यानमारमा कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको खुलासा भएको हो । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । […]