ह्वात्तै घट्यो तरकारीको मूल्य

हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो । गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतल...

सम्बन्धित सामग्री

आगमन बढ्दा ४६ प्रतिशतले घट्यो हरियो धनियाँको मूल्य

काठमाडौं । पछिल्लो एक महीनामा कालीमाटी बजारमा हरियो धनियाँको मूल्य आगमन १२४ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनाअघि कालीमाटी बजारमा १ हजार २६० किलोग्राम धनियाँ भित्रिएको थियो भने आज २ हजार ८३० किलोग्राम धनियाँ भित्रिएको छ । आगमन बढ्दा मूल्य भने ४६ प्रतिशतले घटेको समितिले जनाएको छ । एक महीनाअघि धनियाँको औसत मूल्य प्रतिकिलो १४० रुपैयाँ थियो भने आज धनियाँको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ । एक महीनामा कुन तरकारीको मूल्य घट्यो, कुनको बढ्यो ?

घट्यो गोलभेडाको भाउ, यस्तो छ माछा, फलफूल तथा तरकारीको मूल्य

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ७०, भारतीय ठूलो गोलभेडा ७०,टनेल गोलभेडा सानो ६५, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल १००,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ४६,भारतीय आलु रातो ३५,लौका ७०,हरियो फर्सी रू […]

घट्यो फलफूल र तरकारीको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज अदुवा, काउली, भेडे खुर्सानी, अकबरे खुर्सानी, चुकुन्दर, केरा, घिरौलादेखि स्याउसम्मको मूल्य घटेको छ । हिजो शनिबार प्रतिकेजी ९५ रुपैयाँ रहेको अदुवाको औसत मूल्य घटेर आज आइतबार प्रतिकेजी ७५ रुपैयाँ, कायम रहेको छ । स्थानीय काउलीको ८६ रुपैयाँ ६७ पैसाबाट घटेर ८५ रुपैयाँ, ५२ रुपैयाँ ५० पैसा […]

आपूर्ति बढेसँगै तरकारीको मूल्य घट्यो

निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय तहको निर्वाचनले गर्दा बिहीबारदेखि उपत्यकामा असाध्यै कम तरकारी आएको थियो

२ सय ४० प्रतिशतसम्म घट्यो तरकारीको मूल्य

काठमाडौं । हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो । गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतले घटेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँ किलोमा विक्री भइरहेको घिरौंलाको मूल्यमा पनि करीब २ सय प्रतिशतले गिरावट आउँदै प्रतिकिलो २५ रुपैयाँमा विक्री भइरहेको छ । यसरी मूल्य घट्ने तरकारीमा तनेबोडी, भिन्डी, लौका, चिचिन्डो, सेतोमुला, स्कुस पनि रहेका छन् । यस अवधिमा तनेबोडीको मूल्य करीब १ सय १५ प्रतिशतले घटेर प्रतिकिलो ७५ रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ । त्यसैगरी भिन्डीको मूल्य पनि करीब १ सय ३० प्रतिशतले घटेर प्रतिकिलो ५५ रुपैयाँबाट २४ रुपैयाँ कायम भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार निषेधाज्ञाका बेलामा भन्दा अहिले कालीमाटीमा तरकारीको अयात करीब दोब्बरले बढेको छ । आयात बढी र खपत कम भएकाले मूल्यमा गिरावट आएको उनले आर्थिक अभियान दैनिकलाई बताए । अहिले हरियो तरकारीको खपत बढी हुने होटेल, रेस्टुराँ, पार्टी प्यालेसलगायत स्थानहरू बन्द भएकाले पनि खपत घटेको उनले जानकारी दिए । समितिको दैनिक तरकारी आगमनको सूचीअनुसार यसअघि निषेधाज्ञाका समयमा दैनिक ३ सयदेखि ४ सय मेट्रिकटन तरकारी आगमन हुने गरेकोमा हाल यो परिमाण बढेर करीब ७ सयदेखि ८ सय मेट्रिकटन तरकारीको आगमन हुने गरेको छ । काठमाडौंमा तरकारी आपूर्ति हुने मुख्य आपूर्ति केन्द्रहरू धादिङ, नुवाकोट, चितवन, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा यति बेला तरकारीको उत्पादन बढेकाले भारतीय तरकारीको आयात पनि घटेको समितिले बताएको छ । समितिका अनुसार हाल कालीमाटीमा भित्रिने कुल तरकारीको परिमाणमध्ये करीब १० प्रतिशत तरकारी मात्रै भारतबाट आयात हुने गरेको छ ।

एक महिनामा तरकारीको मूल्य ८१ प्रतिशत घट्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौ । महिना दिन अघि सम्म छोइनसक्नु थियो हरियो तरकारीको मुल्य । एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारी ८१ प्रतिशतले सस्तिएको छ । कालिमाटी फलफुल तथा - तरकारी, मूल्य

अधिकांश तरकारीको मूल्य घट्यो, उपभोक्तालाई राहत

कालीमाटी फलफुल तथा तरकारी बजारमा अधिकांश तरकारीको मूल्य घटेको छ । पछिल्लो एक महिनाको अवधिमा अधिकांश तरकारीको